सेनाको लिवियामा सैनिक पठाउने तयारी

जेठ ४, काठमाडौं– संयुक्त राष्ट्र संघको अनुरोधपछि नेपाली सेनाले अफ्रिकी मुलुक लिवियामा शान्ति सैनिक पठाउने तयारी गरेको छ।

राष्ट्रसंघले नेपाल सरकारलाई शान्ति  स्थापनाका लागि एक टोली खटाइदिन अनुरोध गरेपछि सेनाले तयारी सुुरु गरेको हो । सैनिक प्रवक्ता ताराबहादुर कार्कीका अनुसार पहिलो चरणाम २ सय २० जना सेनाको टोली खटाउने तयारी भइरहेको छ ।

ुराष्ट्र संघले अनुरोध गरेपछि त्यहाँ पठाउने फौज र बस्दोबस्तीका सामान तयार भए पनि राष्ट्र संघले तैनाथ गर्ने मिति र समयमा बारेमा चिठी भने नपठाएको कार्कीले बताए ।