सिंहदरबार घेराउ जारी रहे कारबाही गर्ने प्रधानमन्त्रीको भनाई

जेठ ४, काठमाडौं–  प्रधानमन्त्री केपी ओलीले संघीय गठबन्धनको सिंहदरबार घेराउ आन्दोलन जारी रहे कानुनअनुसार कारबाही गर्ने बताएका छन् ।

२३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सडकमा उभिएर दुई–चारजना मान्छेले ट्राफिक जाम गरेकालाई सरकारले एक–दुई दिन त छुट दिन्छ, त्यसपछि सरकार चुप लागेर नबस्ने बताएका हुन् ।

मधेसका नाममा मधेसी जनतालाई दुख दिएका कारण त्यहाँबाट लखेटिएपछि काठमाडौंमा आन्दोलन सुरु गरेको ओलीको दाबी छ। जायज माग सुन्न र पूरा गर्न आन्दोलनको आवश्यकता नरहेको उनले प्रष्ट पारेका छन् ।