दोस्रो दिन पनि सिंहदरबार घेराउ हुँदै, धर्नालाई गठबन्ध व्यवस्थित बनाउने

जेठ ३, काठमाडौं– संविधान पुनर्लेखनको माग गर्दै सिंहदरबार घेराउमा उत्रिएको २९ दलीय संघीय गठबन्धनले आज दोस्रो दिन पनि धर्ना दिने भएको छ ।

सद्भावना पार्टीका महासचिव मनीषकुमार समुनका अनुसार बिहान नौँ बजेदेखि सुरु हुने धर्ना अपरान्ह पाँच बजेसम्म चल्ने छ।

‘सिंहदरबार धर्नाको कार्यक्रम यथावत बताउँदै उहाँले भन्नुभयो बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म चल्ने धर्नाको कार्यक्रम शान्तिपूर्ण  रहेकाले कुुनै  आशंका गर्न आग्रह गर्नुभयो ।

गठबन्धनले आज पनि हनुमानस्थान र माइतीघर मण्डलामा धर्ना यथावत रहने बताइएको छ ।
हनुमानस्थानमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहितका नेताहरूले धर्ना दिनेछन् भने माइतीघर मण्डलामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूले धर्ना दिदैछन् ।

‘सिंहदरबार घेराउपछि साँझ बस्ने गठबन्धनको बैठकले थप रणनीति बनाउने आन्दोलन परिचालन उपसमितिका संयोजक आङ्काजी शेर्पाले जानकारी दिए।