कोरिया भाषा उत्तीर्ण संख्या पुनरावलोकन गर्न माग

जेठ ३, काठमाडौं–  सरकारले सातौं कोरियन भाषा परीक्षामा उत्तीर्णको संख्या पुनरावलोकन गर्न कोरियाको मानव संशाधन विकास समक्ष माग गरेको छ ।

आइतबार श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्य श्रेष्ठ र एचआरडी इन्स्पेक्टर जनरल चोई सुङबीच भेटवार्ताका क्रममा यस्तो प्रस्ताव राखिएको थियो ।

बर्सेनि ६० हजारदेखि ७० हजार युवा कोरियन भाषा परीक्षामा सहभागी हुन तर ५र६ हजार युवाले मात्र रोजगार अवसर पाउने गरेका छन् ।

६० हजारभन्दा बढी युवा सहभागी हुने परीक्षामा ३१ सय मात्र उत्तीर्ण हुनु अव्यवहारिक भएकाले पुनराबलोकन गर्नु आवश्यक रहेको सरकारले जाएको छ।

यो अत्यन्त न्यून भएकाले थप कोटा वृद्धि गर्न माग गरेका कोरियाको एचआरडीसँगको छलफलपछि ईपीएस कोरिया शाखा प्रमुख डिल्लीराम बाँस्तोलाले बताए  ।