परराष्ट्रले गर्दा भारतबाट फर्केका राजदूतले राष्ट्रपति भेट्न पाएनन्

जेठ ३, काठमाडौं– कार्यशैलीमाथि प्रश्न उठाउँदै नेपाल सरकारले भारतबाट  राजदूत दीपकुमार उपाध्यायले फिर्ता बोलाएको थियो ।

तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति कार्यालयले आइतबार अपरान्ह ४ बजे राष्ट्रपतिसँग भेटघाटको समय मिलाएको थियो ।

तर उक्त समय उपाध्याय शीतलनिवास नपुुगेकाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन पाएनन् ।  भेटघाटका लागि समय दिइएकोबारे आफूलाई थाहै नभएको उनले बताए । घरमा बसिरहेका बेला ४ बजे मात्र  भेटघाटको समय राखिएको थाहा भयो, उपाध्यायले भने । परराष्ट्रले जानकारी नगराउँदा उनले राष्ट्रपति भेट्न नपाएका हुन्।