लोकसेवातिर तानिए महिला

जेठ १, काठमाडौं–  निजमति सेवा प्रवेशका लागि फलामे ढोका मानिने लोकसेवा आयोगमा दरखास्त दिने पुरूषको तुलानमा महिलाको संख्या बढ्दै गएको छ। दरखास्त दिने बढे पनि उत्तिर्ण संख्या भने पुरूषकै बढी देखिएको छ ।

आव २०७१र७२को तथ्याङ्क अनुसार पुरूषको भन्दा १ लाख ३१ हजार बढी महिलाको आवेदन परेको थियो ।

यसबाट महिलाको प्रतिको सरकारी जागिर प्रतिको मोह औँलाउन सकिन्छ।लोक सेवा आयोगको पछिल्लो प्रतिवेदनले आवदेन दिने महिला बढे पनि सफल हुने पुरूषनै बढी भएको देखाएको छ ।

मुलुकमा गणतन्त्र आएपछि हरेक क्षेत्रलाई समावेसी बनाउन थालिएपछि आयोगले खुलाउने आवेदनमा महिलाको मोह बढेको देखिन्छ। २०६४ सालदेखि आयोग प्रवेश समावेसी बाटो खोलिएको हो। आठ वर्षयता देखि महिलाको आकर्षण बढेको तथ्यांकले देखाउँछ। (नागरिक दैनिकबाट)