भूकम्पपीडितको चामल बेच्दै सरकार

जेठ २, काठमाडौं–नेपाल सरकारले भूकम्पपीडितका लागि देश विदेशबाट आएका लाखौ किलो चामल संकलन गर्‍यो। जसमध्ये बंगलादेशले मात्तै ७८ लाख २९५ किलो चामल पीडितका लागि नेपाल पठाएको थियो । पीडितहरू चामल पाउने आशामा सरकारको बाटो हेरिरहे। तर, सरकारले भोक भोकै बसेका पीडितलाई चामल बाँडेन, बरू झापास्थित नेपाल खाद्य संस्थानको डिपोमा थन्क्याएर राख्यो।
भूकम्पपीडितलाई वितरण नगरि, काठमाडौंमा प्रतिकेजी ४१ रूपैयाँमा बेचेर रकम उठाउनका लागि एक वर्षपछि गोदाममा थन्काएको  कुहिन लागेको चामल बाहिर त निकाल्न लागेको हो ।

१०७ बोरा चामल त गोदाममै कुहियो। बंगलादेशले पठाएको चामलमध्ये ४८ लाख २९५ किलो बिक्री गरेर झन्डै २० करोड रकम उठाउने सरकारले  लक्ष्य राखेको छ। काठमाडौंका अतिरिक्त गोरखा, मध्य र सुदूरपश्चिमका पहाडी जिल्लामा चामल बिक्री गर्ने सरकारको योजना छ। भूकम्पपीडितका लागि चीन सरकारले अनुदानमा दिएको एक लाख किलो चामल पनि प्रतिकेजी ४० रूपैयाँमा बजारमा बिक्री गर्ने सरकारको योजना छ।(नयाँ पत्रिका दैनिकबाट)