सय रूपैयाँको विवादमा मदिरा पिएर कामदारको हत्या

जेठ १, काठमाडौं–  सामान्य विवादमा राजधानीमा अर्को एउटा हत्या भएको छ। प्रहरीले तीन सता लामो अनुसन्धान गरेपछि हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ। अनुसन्धानछि एक सय रूपैयाँमा  ज्यालाको विवादमा हत्या भएको खुलेको छ।

गत वैशाख ९ गते  तार्केश्वरको कमेरे खोलामा श्यामबहाखुर मगरको आफ्नै ठेकेदारले नै मदिरा सेवन गरी नशामा आइ कुटपिटपछि हत्या गरेका हुन् ।  हत्यामा संलग्न रसुवाका कृष्णबहादुर बिकलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको छ। बिक र मगर कमेरे खोलामा सँगै पर्खाल लगाउने काममा संलग्न थिए। तर त्यसदिन रक्सी खाएपछि विवाद हुँदा विकले कुटेर मगरको हत्या गरेको महाशाखाका डिएसपी दीपक रेग्मीले बताए। (नयाँ पत्रिकाबाट)