हैदरावादलाई हराउँदै दिल्ली तेस्रो स्थानमा

एजेन्सी– ईण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा शीर्ष स्थानको सनराइजर्स हैदरावादलाई हराउँदै दिल्ली डेयर डेभिल्स तेस्रो स्थानमा उक्लिएको छ।

गएराति भएको खेलमा दिल्लीले हैदरावादलाई ७ विकेटले हराएको हो।

टस हारेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १४६ रन बनायो।

हैदरावादका कप्तान डेविट वार्नरले ३० बलमा सर्वाधिक ४६ रनको योगदान दिए।  १ सय ४७ रनको लक्ष्य पाएको दिल्लीले खेल सकिन ११ बल बाँकी छँदै ३ विकेट गुमाएर लक्ष्य भेट्टायो।

दिल्लीले १८ दशमलव १ ओभरमा मात्र ३ विकेटको क्षतिमा १५० रन जोड्यो। गएरातिको जितसँगै दिल्ली १२ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

यस अघि तेस्रो स्थानमा रहेको कोलकत्ता नाइड राइडर्सलाई रनरेटका आधारमा पछि पार्दै दिल्ली तेस्रो स्थानमा उक्लिएको हो।

पराजित हैदरावाद भने १४ अंकसहित तालिकाको शीर्ष स्थानमा नै कायमै छ।