बौद्ध सम्मेलन भारत बहिस्कार नगर्ने प्रष्ट, मोदी नआउने

वैशाख ३१, काठमाडौं– आगामी जेठ दोस्रो साता नेपालमा हुने बौद्ध सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नआउने भएका छन् ।

नेपाल सरकारले मोदीलाई निम्तो दिए भएपनि  तत्काल मोदीको नेपाल भ्रमण गर्ने कुनै योजना नरहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले  बताए ।

बौद्ध सम्मेलन जेठ ६ र ७ गते राखिएको छ तर मोदीको जेठ ९ गते इरानको भ्रमण  तय भएको छ ।

क्याच न्यूजले भारत सरकारले औपचारिक रुपमा सम्मेलन बहिस्कार गर्ने दाबी गर्दै समाचार प्रकाशित गरेको खबरर्को खण्डन गर्दै  भारत सरकारले बौद्ध सम्मेलन बहिस्कार नगर्ने जनाएको छ । ।

विदेश मन्त्रालय प्रवक्ता विकास स्वरुपले  भने,  हामीले निम्तो पाएका छौं र उचित प्रतिनिधित्व हुनेछ ।