नेपाल–चीन अप्टिकल फाइबर जडान

वैशाख ३१, काठमाडौं– नेपाल टेलिकमले काठमाडौंबाट धादिङको गल्छीदेखि रसुवाको धुन्चे हुँदै चीनको सीमा रसुवागढीसम्म अप्टिकल फाइबर बिच्याउने काम सकेको छ।

नेपाल टेलिकमका अनुसार यससँगै नेपाल(चीन ट्रान्सबोर्डर कनेक्टिभिटी सम्पन्न भएको छ।

अब चीनको चाइना टेलिकमसँग नेपाल टेलिकमको सेवालाई ‘इन्टरकनेक्सन’ गर्न बाटो खुलेको छ ।

नेपाल टेलिकमका सह(प्रवक्ता डिल्लीराम अधिकारी भने  भौतिक रूपमा काठमाडौं र चीन अल डाइलेक्टिभ सेल्फ सपोर्टिङ (एडिएसएस) अप्टिकल फाइबर जोडिएको छ। ‘चीनसँगको इन्टरकनेक्टिभिटीका लागि उपकरण जडान र सेवा परीक्षण सुरू भइसकेको छ,’ उनले भने,‘ मे भित्रमा चीन(नेपाल र भारतबीच सीधा ट्राफिक आदान प्रदानका लागि परीक्षण सम्पन्न गर्ने कार्यक्रम छ। (कारोबार दैनिकबाट)