बैंग्लोरलाई हराउँदै मुम्बई इन्डियन्स अंक तालिकाको चौथो स्थानमा उक्लियो

एजेन्सी– इण्डियन प्रिमियर लिग आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराउँदै मुम्बई इन्डियन्स अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

गएराति भएको खेलमा मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले हराएको हो।

पहिले ब्याटिङ गरी बैंग्लोरले  दिएको १५२ रनको लक्ष्य मुम्बईले ८ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो।

मुम्बइका लागि अम्बती रायडुले ४४ रन बनाए भने किरण पोलार्डले  नट आउट ३५ रनको योगदान दिए ।

यस्तै जोस बट्लरले २९ रन बनाए।

यसअघि व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभर  खेलमा ४ विकेट गुमाएर १५१ रन बनाएको थियो । उसका लागि लोकेश राहुलले सर्वाधिक ६८ रनको योगदान दिए।

कप्तान विराट कोहली ७, क्रिस गेल ५ रन तथा एबीडि भिल्लियर्स २४ रनमा नै आउट भएपछि लोकेश राहुलले पारी सम्हालेका थिए।

जारी लिगमा बैंग्लोरले अहिलेसम्म १० खेल खेलेकोमा ४ मा जित निकालेको छ।

बैंग्लोर ८ अंक सहित तालिकाको छैठौँ स्थानमा छ। यस्तै ११ खेल खेल खेलेको मुम्बई ६ मा जितसहित १२ अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ।