जबरजस्ती बन्द गराउँदै हिँड्ने ५ राजावादी कार्यकर्ता पक्राउ

वैशाख ३०, काठमाडौं– जबरजस्ती बन्द गराउँदै हिड्ने ५ राजावादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

स्वयम्भूबाट ४ र कालिमाटीबाट एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीका अनुसार उपत्यकामा बन्दको खासै प्रभाव परेको छैन । प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दा कुनै घटना भएको छैन। भित्रि सडकहरुमा यातायातका साधन नचलेपनि मुख्य सडकहरुमा निर्वाध रुपमा यातायत सञ्चालन भएका छन् । यस्तै बजार, शिक्षण संस्थाहरु पनि प्रायः खुलेका छन् ।

देशमा राजतन्त्र र हिन्दुराष्ट्र पुर्नबहाली हुनुपर्ने, महंगी तथा कालोबजारी रोकिनुपर्ने, धर्मनिरपेक्षताको खारेजी गरिनुपर्ने लगायतका माग राख्दै शाही युवा शक्ति नेपाल नामक राजाबादी संगठनले आज उपत्यका बन्दको आह्वान गरेको हो ।