मधेसी मोर्चाले नीति ताथ कार्यक्रमको विरोध गर्ने

बैशाख २६, काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गर्न लागेको सरकारको नीति तथा कार्यक्रमको विरोधमा संसद बैठक बहिष्कार गर्ने जनाएको छ ।
संसदमा नारावाजी वा बोलेर नभइ आजको संसद बैठकमा नगएर कार्यक्रम बहिष्कार गर्न लागेको सद्भावना पार्टीका संसदीय दलका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
‘आजको संसद बैठकमा हामी जाँदैनौँ’, उहाँले भन्नुभयो, ‘यो सरकारको नीति तथा कार्यक्रमसँग हाम्रो कुनै लेनदेन छैन । राष्ट्रपतिले सम्बोधन गरेपनि बैठकमा जादैनौँ ।’
मधेसी मोर्चाले राष्ट्रपतिको कार्यक्रमलाई भन्दा पनि सरकारको नीति तथा कार्यक्रमको विरोध गरेको छ ।
राष्ट्रपति संसदमा आउने भएकाले आजको विरोध शैलीमा केही परिवर्तन गर्दै मधेसी मोर्चाले अनुपस्थित भएर आफ्नो असहमति जनाएको हो ।