भूकम्पपीडितको स्वतः बैंक खाता

बैशाख २६, काठमाडौं – व्यक्तिगत घर निमांर्ण गर्न सरकारले दिने अनुदान रकम प्राप्तिका लागि सहज बनाउन भूकम्पपीडितको नाममा स्वतः बैंक खाता सञ्चालन हुने भएको छ ।
विकट क्षेत्रका भूकम्पपीडितले बैंक खाता खोल्न नै कठिनाइ भइरहेको बेला नेपाल बैंकर्स एसोसिएसनको पहलमा सबै पीडितको स्वत खाता स्थापना गरी सञ्चालन हुने भएकोह हो।
तथ्यांक बिभागले डिजिटल सर्भे सम्पन्न गरेर पीडितको सूची सार्वजनिक भएपछि सो नाम सम्वन्धित बैंकहरुमा राष्ट्रिय पुन निर्माण प्राधिकरणले नै पठाउनेछ ।
प्राधिकरणले नै उनीहरुको नाममा निशुल्क खाता खोलिदिनेछ । हाल यो सेवा तत्कालका लागि भूकम्पबाट अति प्रभावित १४ जिल्लामा मात्र उपलव्ध गराइनेछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र एसोसिएसनबीच पटक पटक को छलफलपछि बैंकर्स एसोसिएसन हाल सबै भूकम्पपीडितहरुको निः शुल्क खाता सञ्चालन गर्न सहमत भएको प्राधिकरणले जनाएको छ । राजधानी दैनिकबाट