पत्रकार दर्नालको कृति सार्वजनिक

वैशाख २५, काठमाडौं– पत्रकार लक्ष्मण दर्नालद्वारा लिखित ‘संविधानसभामा दलित मुद्दा’ नामक कृति सार्वजनिक गरिएको छ ।

समता फाउण्डेसन र जागरण मिडिया सेन्टरले आयोजना गरेको एक कार्यक्रममा सभामुख ओनसरी घर्तीले पत्रकार दर्नालको कृति सार्वजनिक गरिन् ।

रेडियो हिमालय र नेपाल क्रियटिभ हाउसले प्रकाशन गरेको पुस्तकमा पहिलो र दोस्रो संविधानसभामा उठेका दलितका मुद्दा, मिडियामा दलित मुद्दा र दलित आन्दोलनको इतिहासबारे समावेश गरिएको छ ।

त्यसैगरी पुस्तकमा विभिन्न राजनीतिक दलसँग दलित समुदायसँग सम्बन्धित विषयमा केन्द्रीत अन्तवार्तालाई समेत समावेश गरिएको छ ।

पुस्तकलाई एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य विश्वभक्त दुलाल ‘आहुती’ र आदिवासी जनजाति अधिकारकर्मी युवराज राईले सम्पादन गरेका थिए ।