अनुष्काको जन्मदिन विराटले दिए यस्तो उपहार

एजेन्सी–  अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको ब्रेकअप र सम्बन्ध सुधारका खबरले चर्चा चलि नै रहेको छ। विराटले अनुष्कासँगको सम्बन्धमा केहि समयलाई विराम लिएको बताउने गरेका छन् भने अनुष्काले त्यसको कुनै सम्भावना नरहेको बताउने गरेकी छन्।

उनीहरूले यस्तो बताइरहँदा हालैको एक घटनाक्रमले  भनेउनीहरूको सम्बन्ध फेरी जोडिन थालेको हो की भन्ने देखाएको छ। अनुष्कासँग छुट्टिएपछि विराटले अनुष्कालाई इन्स्टाग्राम र ट्विटरमा अन्फलो गरेका थिए। तर, अनुष्काको जन्मदिनमा उनले फेरि अनुष्कालाई फ्लो गर्न सुरू गरेका छन्।