फोरम लोकतान्त्रिकको महाधिवेशन विराटनरमा सुरु

वैशाख २०, काठमाडौं–मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन आजबाट विराटनगरमा सुरु हुँदैछ । महाधिवेशन तीन दिनसम्म चल्ने छ ।

सत्तारुढ तेस्रो ठूलो दल फोरम लोकतान्त्रिकले पहिलोपटक विराटनगरमा महाधिवेशन आयोजना गर्न लागेको हो ।

संसदमा पाँचौं ठूलो दलको हैसियतमा रहेको लोकतान्त्रिकले प्रस्तावित १ नम्बर प्रदेशको मुख्य औद्योगिक क्षेत्र विराटनगरमा महाधिवेशन गर्न लागेको छ ।

स्रोतका अनुसार फोरम लोकतान्त्रिकले पार्टीको नाम फेर्ने तयारी समेत गरेको छ ।

गच्छादारले नयाँ विधान पारित गर्दै पार्टीका सबै तहमा नयाँ संरचनाको खाका तयार गर्ने जनाउँदै मधेसमा मात्र नभएर हिमाल र पहाडमा पनि पार्टी विस्तार गर्ने जनाए ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा देशभरका ४२ जिल्लाका दुई हजार एक सय प्रतिनिधि, पाँच सय पर्यवेक्षक र अतिथिसहित दुई हजार ५ सयजना सहभागी हुनेछन् ।