कांग्रेसको संसदीय दल बैठक

वैशाख २०, काठमाडौं–संसदको अधिवेशन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ । नयाँ बानेश्वरमा अहिले केही समयपछि सुरु हुने बैठकमा भोलिदेखि सुरु हुन लागेको संसद बैठकका विषयमा छलफल हुनेछ । बैठकमा सरकारको कामकारबाही र भूकम्पपीडितका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ । सरकारले काम गर्न नसकेको आरोप लगाउँदै आएको कांग्रेसले सरकारको कामको पनि समीक्षा गर्नेछ । संसद नियमावली बनाउने विषयमा एमाले र एमाओवादीले अड्चन थापेको आरोप लगाएको कांग्रेसले कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि परामर्श गर्नेछ ।