अग्नीपीडितले राहत पाउने

वैशाख २०, काठमाडौं– मुलुकभरि सुख्खा र गर्मीका कारण आगलागीका घटना बढीरहेका बेला सरकारले आगलागी पीडितलाई घर निर्माणका लागि जस्तापाता उपलब्ध गराउने निर्णय गरेको छ । सिंहदरबारमा आज बिहान बसेको मन्त्रिपरिषद बैठकले आगलागीबाट घर पूर्णरुपले क्षति पुगेका पीडितहरूलाई प्रतिपरिवार दुई बन्डल जस्तापाता दिने निर्णय गरेको हो । राहत जिल्ला दैविक प्रकोप उद्धार समितिमार्फत उपलब्ध गराइनेछ । राहत गत मंसिर मसान्तयता आगलागीबाट पूर्णरुपमा घर क्षति भएकाहरूले मात्रै पाउनेछन् ।