कक्षा १२ को परीक्षा सुरु

वैशाख २०, काठमाडौं– कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ।

परीक्षा बिहान ७ बजदेखि परीक्षा सुरु भएको उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमी भक्तपुरले जनाएको छ।

वैशाख ३१ गतेसम्म चल्ने परीक्षामा तीन लाख ४६ हजार चार सय २७ विद्यार्थी सहभागी भएका छन्।

परीक्षाका लागि देशभर ९ सय २१ परीक्षा केन्द्र तोकिएको परिषदले जनाएको छ। परिषदका अनुसार कक्षा ११ को परीक्षा भने जेठ २ गतेदेखि सुरु भएर १२ गतेसम्म चल्नेछ।