देउवा भेट्न बुढानिलकन्ठमा सभामुख

बैशाख १७, काठमाडौं—
संसदको नियमावली निर्माणमा सहमति जुटाउन सभामुख ओनसरी घर्ती नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भेट्न उनको निवास बुढानिलकण्ठमै पुगेकी छन् । पछिल्लो समय नियमावली निर्माणमा सहमति जुटाउन सभामुख घर्तीले प्रमुख दलका शिर्ष नेतासँग मेटवार्ता तीव्र बनाएकी छन् ।
विहीबार प्रधानमन्त्री केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेकी सभामुख घर्ती विहीबार शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगिन् ।
सभामुख घर्तीले शुक्रबार बिहान कांग्रेस सभापति देउवालाई उनको निवासमै गएर भेटेकी हुन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनले  बेग्लाबेग्लै भेटवार्ता गरेकी थिइन् । सभामुखलाई भेट्न प्रचण्ड आफैं बालुवाटारस्थित सभामुख निवासमा गएका थिए ।
शुक्रबार बिहान बूढानीलकण्ठमा देउवालाई भेटेर सभामुख घर्तीले नियमावलीमा छिटो सहमतिमा पुग्न आग्रह गरिन् । जवाफमा देउवाले सबै दलको सहमति खोज्न सभामुख घर्तीलाई सुझाव दिए ।
भेटमा सहभागी भएका कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठका अनुसार देउवाले न्यायाधीश तथा राजदुत सिफारिसलगायतका विषयमा सरकार एकलौटी ढंगले अघि बढेको भन्दै असन्तुष्टि समेत जनाएका थिए ।