डडलधुरा सदरमुकामको आगो नियन्त्रणमा

बैशाख १७, डडेलधुरा

सदरमुकाम बागबजारमा आज विहानै लागेको आगो करीव ३ घन्टापछि नियन्त्रणमा आगएको छ । विहान ७ बजेदेखि लागेको आगो साढे १० बजे मात्रै नियन्त्रणमा आएको हो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलले बताए ।
आगलागीबाट २ घर पूर्णरुपमा जलेर ध्वस्त भएका छन्। बागबजारस्थित मदन प्रकास किराना पसल र बैजनाथ कपास उद्योग आगलागीबाट पूर्ण क्षति भएका छन् भने अन्य डेढ दर्जन पसलहरुमा समेत क्षति भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलले बताए।

आगलागीबाट भएको क्षतिको एकीन विवरण आउन सकेको छैन। आगलागी नियन्त्रणका लागि आवश्यक औजार र दमकल नहुँदा आगो नियन्त्रण लिन कठिनाइ आएको हो।

आगलागी नियन्त्रणको क्रममा ३ जना सुरक्षाकर्मीहरु घाइते भएका छन्। घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भैरहेको छ। सदरमुकाममै आगलागी भए पनि अमरगढी नगरपालिकाको दमकल आगलागी नियन्त्रणका लागि नआएको स्थानीय व्यापारीहरु बताउँछन्।

Dadeldhura Fire 2समयमै नगरपालिकाको दमकल नआउँदा आगालागीबाट बढी क्षति भएको स्थानीय व्यापारीहरुको गुनासो छ। स्थानीयका अनुसार खानापकाउने ग्यासको सिलिन्डर पड्केर आगलागि भएको हो । यद्यपी प्रहरीले आगलागिको कारणबारे अहिले सम्म केहि भनेको छैन ।