पूर्वराजा ज्ञानेन्द्र भारत भ्रमणमा

बैशाख १७, काठमाडौं—
पछिल्लो समय प्राय चुपचाप रहेका पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार भारत भ्रमणमा गएका छन् । निजी सचिव सागर तिमिल्सिनाका साथ उनी बिहीबार करीव साढे ४ बजे इन्डियन एयरलाइन्सको विमानबाट भारतको नयाँ दिल्ली गएका हुन् ।
पूर्वराजाले सशस्त्रका निजी अंगरक्षक डीएसपी गगन श्रेष्ठ र शाही अर्दली हस्तबहादुर थापालाई पनि सँगै लगेका छन् ।
मुलुकमा राजतन्त्र र्फकन सक्ने हल्ला चलिरहेका बेला विशेष कारण देखाउँदै पूर्वराजा अचानक भारत भ्रमणमा जानु अति महत्वपूर्णरुपमा लिइएको छ ।
उनले भारतमा उच्च राजनीतिक भेटघाट गर्ने सम्भावना रहेको दरबार उच्च स्रोतले जनाएको छ । दरवार स्रोतका अनुसार संभवत उनी आजै र्फकने छन् ।
यसअघि गएको पुसमा थाइल्याण्ड भ्रमणमा गएका पूर्वराजाले भारतका उच्च राजनीतिज्ञहरुसँग थाइल्याण्डमै भेटघाट गरेका थिए ।
करिब एक महिना थाइल्याण्ड बसाइपछि नेपाल फर्किएका पूर्वराजा पछिल्लो समय कुनै भेटघाट गरेका थिएनन् ।