रहेनन् पत्रकार सुुर्यकुमार क्षेत्री

बैशाख १७, काठमाडौं—
ब्रेन ट्युमरबाट पीडित पत्रकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ । केही समय अगाडि ट्युमरको शल्यक्रिया गराएका क्षेत्रीलाई फेरि गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो ।
क्षेत्रीको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा बिहीबार राति उपचारकै क्रममा निधन भएको नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोजराज अधिकारीले बताए ।
यसअघि वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तको टोलीले पत्रकार क्षेत्रीको १६ महिना अघि ब्रेन ट्युमरको शल्यक्रिया गरेको थियो ।
क्षेत्री नेपाल प्रेस युनियनका सचिव हुन् । स्याङ्जाका क्षेत्रीकी श्रीमती र एक नाबालक छोरा छन् ।