सिद्धबाबा कृषि सहकारीको क्यालेन्डर

काठमाडौं–पाल्पा जिल्लाको अर्गली गाविसबाट काठमाडौँ आएर बसेकाहरुले अर्गली सिद्धबाबा कृषि सहकारी संस्था खोलेका छन् ।
काठमाडौँ र काठमाडौं बाहिरका जिल्लामा समेत उनीहरुले कृषिका विभिन्न काम गरिरहेका छन् । करिब ५० जनाको शेयर रहेको उक्त सहकारीले छिटै नै काठमाडौँको विभिन्न स्थानमा तरकारी खेती गर्ने, माछापालन गर्ने जनाएको छ ।
उक्त सहकारीले नयाँ वर्षको अवसरमा वर्षभरि हुने कृषि गतिविधिलाई समेटेर कृषि क्यालेन्डर प्रकाशनमा ल्याएको छ । क्यालेन्डर विमोचनका क्रममा आफ्ना भावी योजनाबारे जानकारी दिँदै  संस्थाका अध्यक्ष केशव भट्टराईले अरुलाई समेत शेयर हाल्न आग्रह गरे ।