अल्सर भएमा के खाने ?

काठमाडौँ–मसलायुक्त खाना र जाँडरक्सी बढी खाने गर्नाले पेट या आन्द्रामा घाउ हुन्छ, जसलाई अल्सर भनिन्छ । अल्सर बिग्रिएमा क्यान्सरजस्तो रोग लाग्नसक्ने भएकाले यस्ता घरेलु उपाय अपनाएर अल्सरको असरलाई कम गर्न सकिन्छ ।

बेसार
बेसारमा कक्र्युमिन नामक तत्व पाइन्छ, जसले पाचन प्रक्रियालाई सुचारु राखी यसलाई स्वस्थ र बलियो अवस्थामा राख्छ । विभिन्न औषधि सेवन गर्नाले यसबाट पाचन प्रक्रियामा असर पर्न सक्छ । यस्तोमा बेसार खाने गर्नाले पाचन प्रक्रिया पूर्वावस्थामै पुग्छ । बेसार खाने गर्नाले पेट र आन्द्राका लागि उपयोगी हुने खालका ब्याक्टेरिया बलियो हुन्छन्, जसले गर्दा पेटमा उत्पादन हुने एसिडले पेट र आन्द्रालाई हानि पु¥याउन पाउँदैन र अल्सर हुने जोखिम कम हुन्छ । यसका लागि तरकारीमा बेसार नियमित हाल्ने गर्नुपर्छ । अल्सरको समस्या भएकाहरूले गाईको दूधमा बेसार मिसाएर पिउने गर्नुपर्छ ।

बन्दाकोभी
बन्दाकोभीको जुस नियमित रूपमा सेवन गर्नु अल्सर रोगीहरूका लागि बडो लाभदायक हुन्छ । तर, यसरी सेवन गर्ने बन्दाकोभी विषादीरहित हुनुपर्छ । बन्दाकोभीको जुसमा एमिनो एसिड ग्लुटामिन नामक तत्व पाइन्छ, जसले पेट र आन्द्रामा लागेको घाउलाई निको पार्छ ।
लसुन
अल्सर गराउने ब्याक्टेरियाको विकास र विस्तारलाई लसुनले रोकिदिन्छ । त्यही भएर अल्सरका रोगीका लागि लसुन ज्यादै उपयोगी छ । अल्सर भएकाले बिहान खाली पेटमा दुई पोटी लसुन खाने गर्नुपर्छ । साथै, भोजनमा लसुनलाई नियमित समावेश गर्नुपर्छ ।

एलोभेरा
एलोभेराको जुस पनि अल्सरका रोगीका लागि ज्यादै उपयोगी हुन्छ । एलोभेरामा पेटमा उत्पादन हुने एसिडको असरलाई निस्तेज गरिदिने तत्व हुन्छ । अल्सरका कारण पेटभित्र हुने रक्तस्राव पनि एलोभेरा जुस खानाले निको हुन्छ । यसका लागि बिहान खाली पेटमा र राती सुत्नुअघि ३० मिलिलिटर एलोभेरा जुस बिस्तारै पिउनुपर्छ ।साभारःस्वास्थ्य खबर पत्रिका