क्याराभान हिरो थिन्लेको निधन

दुनै(डोल्पा)–बहुचर्चित चलचित्र ‘क्याराभान’का अभिनेता थिन्ले लेन्डुप लामाको घोडाबाट लडेर निधन भएको छ ।

सदरमुकाम दुनैबाट साल्दाङ गाविसस्थित घर जाने क्रममा फोक्सुन्डो गाविसअन्तर्गतको छेप्का र ¥याचीको बीचबाटोमा घोडाबाट लडेर लामाको निधन भएको प्रहरीले आज जनाएको छ । उहाँ करिब ७५ वर्षका थिए ।

सन् १९९९ मा फ्रान्सेली निर्देशक इरिक भ्यालीद्वारा निर्देशित ओस्कारका लागि छनोट भएको उक्त चलचित्रमा थिन्लेले अभिनेताको भूमिका निर्वाह गरेका थिए ।