भुकम्पपिडितलाई तत्काल राहत र सुरिक्षत आवासको व्यवस्था गर्न माग

वैशाख १३, काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीले भूकम्प प्रभावितहरुलाई तत्काल ठोस राहत र सुरिक्षत आवासको  व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

भूकम्प गएको एक वर्ष हुँदासमेत सरकारले उचित व्यवस्था गर्न नसकेको भन्दै पार्टीले बर्खाको झरी हिउँदको कठ्याँग्रिदो जाडोमा समेत पीडित जनतालाई सुरक्षित आवस, उचित र पर्याप्त राहत दिन नसकेकोमा सरकारको आलोचना गरेको छ ।पार्टीले प्रेस विज्ञप्ती जारी गरी भूकम्प पीडितहरुको राहतको दुरुपयोग र  हिनामिना गरेर पीडित जनतालाई अझ पीडा थपेको दाबी गरेको छ । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय परिषदको प्रथम बैठक यही २०७३ बैशाख १० देखि १२ सम्म चलेर सम्पन्न भएको छ ।