राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण भारत

वैशाख १०, काठमाडौं– भण्डारीले पहिलो विदेश भ्रमण छिमेकी देश भारतबाट गर्ने भएकी छिन्।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा वैशाख २७ गतेबाट उनले भारत भ्रमण गर्ने कार्यक्रम तय भएको हो।
‘राष्ट्रपतिज्यूको भारत भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो,‘राष्ट्रपतिज्यूले मध्यप्रदेशमा हुने कुम्भ मेलामा जाने इच्छा देखाएपछि भ्रमणको तारतम्य मिलाइएको हो।’

हलसम्म तय भएको भ्रमण कार्यक्रम अनुसार राष्ट्रपति भण्डारीले वैशाख २७ गते भारतको नयाँ दिल्ली पुग्नेछिन्।

भोलिपल्ट २८ मा नयाँ दिल्लीमा महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम छ। सोही दिन समकक्षी प्रमव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँग शिष्टाचार भेट गर्नेछिन्। (नागरिक दैनिकबाट)