सबै मिलेर मुलुकको समस्याको हल गर्नु पर्छः नेता नेपाल

बैशाख ९,काठमाडौं– नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सबैले मिलेर मुलुकको समस्या हल गर्नु पर्ने बताएका छन ।
अपाङ्गता अधिकार र विकासकोलागि क्रियाशिल नेपाल नामक सस्थालाई प्राप्त अन्तर्राष्ट्रिय पुरस्कारको विषयमा जानकारी दिन रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन एवम अन्र्तक्रिया कार्यक्रममा उनले मुलुकको समस्या समाधान गर्न सबैले देश र जनतालाई केन्द्रमा राखेर सबै लचक भएर प्रस्तुत हुनु पर्ने सुझाव दिए ।
नेता नेपालले मुलुकमा अहिले प्रधानमन्त्री को हुने भनि बहस गर्नु भन्दा पनि भ्रष्टाचार, ढिलासुस्ती अन्त्य गरेर विकसित आधुनिक प्रविधि भित्राएर समृद्ध नेपाल बनाउन तर्फ सबै लाग्नु पर्ने बताए ।
उनले सरकारले अपाङगता भएका ब्यक्तिको क्षमता विकासकोलागि विकास गरिएका प्रविधिलाई राज्यले मान्यता दिए मुलुकका अपाङता भएका ब्यक्तिको क्षमता विकासमा भूमिका खेल्न सकिने भन्दै यो उनीहरुको हक अधिकारको विषय भएको बताए ।
संविधानले अपाङगता भएकाहरुलाई विशेष पहिचान दिएकोले अब यसको कार्यान्वयनमा लाग्नु पर्ने भन्दै अपाङता भएकाले राज्यले दिनु पर्ने सुविधाबाट बञ्चित हुने र उपेक्षा महसुस गर्न नहुने बताए ।
नेपालले अपाङता हुँदैमा जीवन सकिने धारणाको सस्थाका अध्यक्ष विरेन्द्र राज पोख्रेलले अन्तर्राष्ट्रिय स्तरमा दुई वटा पुरस्कार प्राप्त गरेको घटनाले अत्य गरेको भन्दै अपाङता भएका ब्यक्तिको प्रगति मुलुकको गौरब भएको बताए ।
उनले अन्तर्राष्ट्रिय स्तरमा पोख्रेलको क्षमता पुरस्कृत भए पनि नेपाल सरकारले सम्मान गर्न नसक्नु दुखद भएको भन्दै आफूले यस विषयमा कुरा उठाउने प्रतिबद्धता ब्यक्त गरे ।
सूचना तथा सञ्चार प्रविधिको उचित उपयोगबाट अपाङता भएका ब्यक्तिहरुलाई समेत विकास प्रक्रियामा समावेशिकरण गराउन सस्थाले अवलम्बन गरेको आंकिक सुगम सूचना प्रविधि डेजीको अवलम्बन र प्रर्वद्धन गरेकोमा हालै लण्डन पुस्तक महोत्वसमा पहुँच यूक्त परिसंघ विशिष्ट अन्तर्राष्ट्रिय पुरस्कार र अष्ट्रीयाको भियनामा समावेशी शिक्षा र सूचना प्रविधिको प्रयोग बारे सृजनशिल अभ्यासकोलागि विशिष्ट अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो ।
अन्र्तक्रियामा कार्यपत्र प्रस्तुत गर्दै पोख्रेलले सस्थाले आंकिक श्रब्य पुस्तक र ट्याब्लेटप्रयोगबाट शैक्षिक क्रियाकलाप अगाडि बढाईरहेको जानकारी दिदै सस्थाले डेजी र ईपब प्लाटफर्ममा श्रब्यपुस्तक निर्माण र वितरण एवम. एन्ड्रोईडको प्रयोगबाट श्रब्य पुस्तक पढ्ने अभ्यासको प्रबोधिकरण गर्दै आईरहेको बताए ।
उनले सस्थाको सृजनशिल अभ्यासलाई सरकारी कार्ययोजनामा समावेश गरे संविधान प्रदत्त शिक्षा प्राप्तिको अधिकारलाई सुनिश्चित गर्न सकिने भन्दै यसकोलागि सबैसँग आब्हान गरे ।
पोख्रेलकी विद्यावारिधी ईन्स्टक्टर प्राडा मंगलादेवी श्रेष्ठले आफ्नो विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको विषयले आफूलाई गौरबान्वित पारेको भन्दै यस्तो विद्यार्थीको विद्यावारिधी गराउन पाउँदा आफू अझै गौरवान्वित भएको बताईन ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सपाङगले मात्रै नभई अपाङगता भएको ब्यक्तिले राष्ट्र र समाजलाई महत्वपूर्ण योगदान दिनसक्ने भन्ने उदाहरण विर्न्द्र राज पा्ेख्रेल भएको भन्दै विलक्षण क्षमताका धनि पोख्रेललाई राज्यले सम्मान गर्नु पर्ने बताए ।