बुद्धको मुर्ति र हतियार सहित पक्राउ

वैशाख ९, काठमाडौं– डोल्पामा बुद्धको मुर्तिसहित  २ जना हतियारसहित पक्राउ परेका छन्।

धो गाबिस–३ बस्ने २६ वर्षीय ढाक्पा गुरुङ र धो गाविस–१ बस्ने  ढावा गुरुङलाई प्रहरीले बुद्धको मुर्ती थान ३, मेड इन इटली लेखेकोे १ थान पेस्तोल, सोको गोली ३ राउण्ड, मेड इन इटली लेखेको अटोमेटिक पेस्तोल १ थान, सोको गोली ७ राउण्ड, कटुवा पेस्तोल १ थान, सोको गोली १३ राउण्ड र फायर भएको गोलीको खोका ३ थान सहित पक्राउ गरेको हो ।

गत चैत २८ गते धो गाबिस–६ स्थित गाकर गुम्बा र मिकिन गुम्बाका पुजारी ठिंगल्या लामा बस्ने घरबाट सानो २ वटा र ठुलो २ वटा काँच र पितलबाट बनेको बुद्धको मुर्ती चोरी भएको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय छार्काबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार उक्त हतियार सहित पक्राउ गरेको हो ।