नेपाल र अफगानिस्तान सहित सिरिज आयोजना गर्ने पाकिस्तानको चाहाना

बैशाख ३, काठमाडौं–
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले नेपाल, अफगानिस्तान र वर्ल्ड ११ को क्रिकेट सिरिज आयोजना गर्ने इच्छा देखाएको छ ।
पीसीबीका अध्यक्ष शहरयार खानका अनुसार यो प्रस्ताव औपचारिक रुपमा स्वीकृत भने भइसकेको छैन । किनकी अझै पनि सुरक्षा कारण कुनै पनि टिम पाकिस्तान जान तयार भएका छैनन् ।
पाकिस्तानका सञ्चार माध्यमहरुका अनुुसार पीसीबी बोर्डको बिहीबार बसेको बैठकमा अध्यक्ष खानले प्रस्तावित खेलका लागि आवश्यक रकम रहेको समेत बताए ।
४ मार्च २००९ मा श्रीलंकाली टोलीको बसमा आक्रमण भएपछि अन्तराष्ट्रिय टिमले पाकिस्तान भ्रमण गरेको छैन ।