प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्दै

चैत २८, काठमाडौं–  नयाँ प्रधानन्यायाधीशको नियुक्ति सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दैछ ।

अहिले केही समयपछि सिंहदरबारमा बस्ने बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिस गर्ने स्रोतको भनाइ छ ।

परिषदको बैठकले वरिष्ठ न्यायाधीश सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्नेछ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठले चैतको ३० गतेदेखि उमेर हदका कारण अनिर्वाय अवकास पाउने भएपछि संवैधानिक परिषदले नयाँ न्यायाधीशको नियुक्त थालेको हो ।