सार्वजनिक स्थलमा सांस्कृतिक कार्यक्रम निषेध

चैत २८, काठमाडौं– सरकारले ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्र वरपर आवागमनमा अवरोध पुग्ने गरी सार्वजनिक स्थलुमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न निषेध गरेको छ।

पर्व मनाउने नाममा शान्तिसुरक्षा र सवारी आवागमनमा अवरोध पुग्ने गरेको निष्कर्ष निकाल्दै महानगरीय प्रहरी र काठमाडौं जिल्ला प्रशासन कार्यालयले आम सर्वसाधारणको आवागमनमा अवरोध पुग्ने गरी कुनै पनि संस्कृतिक कार्यक्रम, भोजभतेर, होहल्लालगायतका गतिविधि गर्न रोक लगाएको हो।

काठमाडौंका विभिन्न पर्व समारोहबाहेक अंग्रेजी तथा नेपाली नयाँ वर्षमा ठमेल, दरबारमार्ग, लाजिम्पाट, नयाँसडकलगातका स्थान पर्यटकका लागि मनोरञ्जन लिने क्षेत्र मानिन्छ।

व्यवसायीहरुले पनि यही मौका छोपी होटल रेष्टुराँबाहेक सार्वजनिकस्थल ओगटेर हरेक वर्ष सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छन्।

काठमाडौका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले शान्तिसुरक्षामा प्रत्यक्ष वा अप्रत्यक्ष असर पुग्ने गरी कसैलाई पनि सार्वजनिकस्थलमा कार्यक्रम सञ्चालन गर्न नदिइने बताए। (कारोबार दैनिकबाट)