एमालेको केन्द्रीय कमिटी बैठक ःअध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल

चैत २८, काठमाडौं–  नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको प्रतिवेदनमाथि आजबाट छलफल हुँदैछ ।

पार्टीको केन्द्रिय  कार्यालय धुम्बराइमा आज बिहान ११ बजे बस्ने उक्त बैठकमा पार्टी अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि १० वटा समूह बनाएर समुहगत छलफलको तयारी भएको एमालेले जनाएको छ।

अध्यक्ष ओलीले हिजोको बैठकमा राष्ट्रिय राजनीतिका साथै पार्टी संगठनका विषय समेटिएको १२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।  आज बस्न लागेको कमिटिको बैठकले उक्त प्रतिवेदनमाथी छलफलको तयारी गरेको गरेको छ।