नेपालमा हस्तक्षेप गर्दा एक्लियो भारत ः ओली

चैत २४, काठमाडौं –प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तराष्ट्रिय समुदायमा एक्लिएको र आफ्नै मुलुक भित्र चर्को आलोचना खेपेपछि नेपालको मधेस आन्दोलनबाट भारत पछाडि सरेको ठहर गरेका छन् ।
मंगलबार सुरु भएको एमाले पोलिटब्युरो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्रीले प्रतिकुल अन्तराष्ट्रिय र राष्ट्रिय परिवेशका कारण अघोषित नाकाबन्दीलाई भारतले फिर्ता लिएको उल्लेख गरेका छन् ।
ओलीले प्रतिवेदनमा भनेका छन्,’अन्तराष्ट्रिय जगतको व्यापक आलोचना आफनो देशभित्रको चर्को दवाब, मधेश आन्दोलनलाई थप लम्ब्याउन नसकिने यथार्थबोधका कारण भारत सरकारले आफ्ना नीतिहरुको पुनरावलोकन गर्दै नाकाबन्दी अघोषित रुपमा हटाएको बताएका छन् ।
कुनै पनि मुलुकको आन्तरिक मामलामा अनुचित चासो र हस्तक्षेप बान्छनीय नहुने भन्दै प्रधानमन्त्री ओलीले संविधान जार गरेपछि भारतले अनावश्यक चासो राखेको उल्लेख गरेका छन् ।
उनले नाकाबन्दीको बिषयमा अन्तर्राष्ट्रिय जगतको ध्यानकर्षण गराएको तथा भारत भ्रमणपछि सम्बन्धमा सुधार आएको उनले उल्लेख गरेका छन् । संविधान निर्माण कुनै पनि सार्वभौम मुलुकको आन्तरिक मामिला र सम्पूर्णरुपमा उसको स्वतन्त्र निर्णयको बिषय भएको उल्लेख गर्दै ओलीले त्यसमा अनुचित चासो र हस्तक्षेपलाई बान्छनीय र ग्राह्य नहुने उल्लेख गरेका छन । (अन्नपूर्ण पोष्ट दैनिकबाट)