संयुक्त वक्तव्यबाट पन्छियो ईयू

चैत २४, काठमाडौं –युरोपेली संघ ९इयु० र भारतले नेपालको संविधानबारे प्रतिकूल टिप्पणी गरेपछि नेपालमा देखापरेको आक्रोसकै बीच इयुले वक्तव्यमा संविधानबारेको आफ्नो धारणा प्रतिविम्बित नभएको स्पष्ट पारेको छ ।

नेपालस्थित इयु राजदूत रेन्स्जे तिरिन्कले मंगलबार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई सिंहदरबारमा भेट गरी ब्रसेल्समा युरोपेली संघ र भारतको संयुक्त वक्तव्यमा नेपालको संविधानबारे जे भनिए पनि युरोपेली संघले नेपालको संविधानलाई स्वागत गरिसकेको र उसको मान्यतामा परिवर्तन नआएको बताइन् ।

नेपाल भ्रमणमा रहेको जर्मन पार्लियामेन्ट बुन्डेसट्यागको टोलीले पनि संविधानजस्तो आन्तरिक मामिलामा टिप्पणी गरेर युरोपेली संघ र भारतले गल्ती गरेको अडान सार्वजनिक गरेको छ । (अन्नपूर्ण पोस्ट दैनिकबाट)