नक्कली १७ चिकित्सक निलम्बित

चैत २४, काठमाडौं – नेपाल मेडिकल काउन्सिलले नक्कली शैक्षिक प्रमाणपत्र भेटिएका १७ जना चिकित्सकको दर्ता निलम्बन गरेको छ । निलम्बित चिकित्सकहरु उपचार सेवा वा चिकित्सकीय परामर्शमा संलग्न भएमा तीन हजार जरिवाना, तीन वर्ष कैद वा दुवै सजाय हुन सक्नेछ ।

दर्ता निलम्बित चिकित्सकमा सिरहा विष्णुपुर ५ की विनिता यादव, सप्तरी राजविरा ९ का राजेन्द्रप्रसाद दास, बैरवा२ का तुलसीकुमार महतो , कल्याणपुर ३ का मो। कमरुल हकलगायत रहेका छन् । (कान्तिपुर दैनिकबाट)