संजयकमुार शाहलाई सिंघानिया हत्याको पनि आरोप

चैत २४, काठमाडौं – तीन वर्षअघि पाँच जनाको ज्यान जाने गरी गराइएको विस्फोटका मुख्य आरोपी निलम्बित सांसद् सञ्जयकुमार साह सञ्चार उद्यमी अरुण सिंघानिया हत्यामा समेत संलग्न रहेको खुलासा भएको छ । सिंघानिया हत्याका मुख्य आरोपी चन्द्रदीप यादवले निलम्बित सभासद् साह र उनका सहयोगी रामगोविन्द यादवले १० लाखको सुपारी दिएर सिंघानियालाई हत्या गर्न लगाएको बयान दिएका छन् ।

सिंघानिया हत्याका आरोपीहरु निलम्बित सांसद् साह, हत्याको जिम्मा लिने तत्कालीन सशस्त्र समूहका नाइके अर्जुन सिंह भनिने मुकेश चौधरी, गोली प्रहार गर्ने एकलाल भनिने योगेन्द्र सहनी र साहका पूर्वसहयोगी ओम यादवलाई धनुषा ल्याइएको छ । उनीहरु विभिन्न जिल्लाका कारागारमा थिए । (कान्तिपुर दैनिकबाट)