दुई दिनमा दुवै छोरा गुमाए बुटवलका माइला बा ले

बुटवल–  सल्लाह गरेर एकैपटक गयौं बाबु दुई भाइसँगै बस्नु है, माईला बा आइतबार साँझ बुटवलको मगरघाट यही वाक्य दोहोर्‍याउँदै बर्बराइरहेका थिए।

सधैंभरी आफ्नो प्रस्तुतिबाट अरुलाई हँसाउने माइला बा का आँखामा आँशु थामिएको थिएन।

लामो समयदेखि ुमाइला बाु नामले परिचित विष्णु जी पाण्डे र उनकी श्रीमती शोभा पछिल्लो तीन दिन दुई छोराको वियोगमा विक्षिप्त छन्।

शनिबार दिउँसो काठमाडौंको पशुपति आर्यघाटमा जेठो छोरा स्वबिसनको अन्तिम संस्कार गरेका विष्णुले कान्छो छोरा किरणको आइतबार बुटवलमा अन्तिम संस्कार गर्नुपर्‍यो।

यहि चैत्र १६ गते तातो दूधमा परेर गम्भीर घाइते भएका स्वबिसनको शनिबार बिहान साढे २ बजे उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो। उनको शरीरको ४५ प्रतिशत भाग तातो दूधले पोलेको थियो।

२ दिन यता ज्वरो र पखालाबाट बिरामी परेका किरणको पनि आइतबार दिउँसो बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा निधन भएको हो।

स्वबिसन २ वर्ष ९ महिनाका थिए भने किरण भर्खर ७ महिना पुगेका थिए। रुपन्देहीको भलबारी निवासी पाण्डे परिवार एकदिनको फरकमा घटेका अकल्पनिय दुई घटनाले शोकाकुल बनेको छ।

दिनभरको जस्तोसुकै थकाई पनि साँझ दुई छोराको आँखामा देखिने भोलिका सपनाले क्षणभरमै मेटिन्थ्यो। तर, दुई दिनमै सबै सपना चकनाचुर भए।

लुम्बिनी सामुदायिक टेलिभिजनमा ुमाइला बासँग एकछिनु  नामक कार्यक्रम चलाउने बिष्णुलाई यस क्षेत्रका मेला महोत्सवहरूमा पनि दर्शकहरुले उत्तिकै खोज्ने गर्छन्।

केहि नेपाली चलचित्र र रक्तिम सांस्कृतिक अभियानका जनवादी गीतहरूमा अभिनय गरेका विष्णु पछिल्ला वर्षहरुमा भने टेलिभिजन र स्टेजमा धेरै देखिने गरेका छन्।

“अरूलाई हँसाउन हिड्ने मलाई नै यसरी किन रुवायौरु” आध्यात्मिक स्वभावका विष्णु भगवानसँग आफ्नो गुनासो गरिरहेछन्।