५० हजार कर्मचारीको सरुवा रोक्का

चैत २४, काठमाडौं – सामान्य प्रशासन मन्त्रालयले आधिकारिक ट्रेड युनियनको निर्वाचन नसकिएसम्मका लागि कार्यालय सहयोगीदेखि शाखा अधिकृतसम्मका झन्डै ५० हजार कर्मचारीको सरुवा रोक्का गरेको छ । सरकारले ट्रेड युनियनको निर्वाचन १० वैशाखका लागि सारेको छ । आधिकारिक ट्रेड युनियनको निर्वाचनमा काार्यलय सहयोगीदेखि शाखा अधिकृतसम्मका कर्मचारीले मताधिकारको प्रयोग गर्न पाउने व्यवस्था छ । निर्वाचन अधिकृतको कार्यालयले मतदाता कर्मचारीलाई निर्वाचन सम्पन्न नहुँदासम्म सरुवा रोक्का गर्न सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको थियो । (नयाँ पत्रिका दैनिकबाट)