देशको एकता,विकास र समृद्धीका लागि सरकार प्रतिवद्ध ःप्रधानमन्त्री ओली

चैत २३, काठमाडौं–प्रधानमन्त्री के.पी.शर्मा ओलीले सरकार देशको एकता,विकास र समृद्धीका लागि प्रतिवद्ध रहेको बताएका छन् ।
नेकपा एमालेका नेता रामनाथ ढकालको प्रथम स्मृित दिवसका अवसरमा पाटी केन्द्रीय कार्यालय धुम्बराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारका बारेमा अनेक खाले हल्ला फिंजाउने कुरालाई सरकारले वेवास्ता गर्ने बताए । ‘वास्तविक समस्याको समाधान गर्न सरकार तयार छ तर नक्कली समस्या सृजना गरेर त्यसबाट लाभ लिन खोज्नेलाई सरकारले पराजित गर्छ’ प्रधानन्त्री ओलीले भने ।
सरकारले स्वाभिमानलाई बचाएर काम गर्नेृ कुरामा कुनै शंका नगर्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरे ।
संविधान निर्माणका लागि स्वर्गिय नेता ढकालको ठुलोभूमिका रहेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले संविधानको उपभोग गर्न नपांउदै ढकालको मृत्यूले आफूलाई दुःखी बनाएको बताए ।