‘रामनाथ ढकाल छात्रवृत्ति’स्थापना

चैत २३, काठमाडौं– अनेरास्ववियुका पूर्व अध्यक्ष स्वर्गीय रामनाथ ढकालको स्मृतिमा ‘रामनाथ ढकाल छात्रवृति’ छात्रवृति स्थापना गरिएको छ ।
अनेरास्ववियुले ढकालको प्रथम स्मृतिसभाको आयोजना गरी उक्त छात्रवृत्तिको स्थापना घोषणा गरेको हो ।
प्रवेशिका परीक्षा(एसएलसी)मा उत्कृष्ट अङ्क ल्याउने जेहेन्दार,गरीब दुई छात्रछात्रालाई प्रत्येक वर्ष उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने अखिलका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए ।
यसैगरी अखिलले ढकालको स्मृतिमा अक्षयकोष समेत स्थापना गर्ने योजना बनाएको उनले बताए ।