किन किनिँदैन दूतावास?

चैत २३, काठमाडौं–    तीन मुलुकमा दूतावास भवन किन्न सरकारले छुट्याएको रकम सम्बन्धित दूतावासले चासो नदेखाएपछि फिर्ता हुने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

परराष्ट्र मन्त्रालयले न्युयोर्क, जेनेभा र बैँककमा दूतावास भवन खरिद गर्न यसपालि रकम छुट्याएको थियो। न्युयोर्कका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र जेनेभाका स्थायी प्रतिनिधि दीपक धितालले अहिले खरिद गर्न नसिकने जानकारी मन्त्रालयलाई पठाएका छन्।

थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले भने खरिद गर्ने प्रक्रिया अघि बढाउने जानकारी मन्त्रालयलाई दिएका छन्।

सरकारको २०७१÷७२ को बजेटमा दूतावास भवन खरिद गर्न २ अर्ब रुपैयाँ  छुट्याइएको थियो। तर दूतावासले खरिद प्रक्रिया जटिल हुने कारण देखाएका छन्।

परराष्ट्र मन्त्रालयका प्रशासन प्रमुख डा। दुर्गाबहादुर क्षेत्रीले खरिद प्रक्रिया प्राथमिकतामा रहेका दुई नियागलाई प्रक्रिया अघि नबढाउने भएपछि नियोगलाई पत्राचार गरिएको जानकारी दिए।