ईपीएस परीक्षा आवेदन वैशाख १५ देखि

चैत २३, काठमाडौं–   यो वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कोरियन भाषा परीक्षाको आवेदन फर्म वैशाख १५ गतेदेखि ४ दिनसम्म खुल्ने भएको छ। कारोबार दैनिकमा समाचार छ। सोमबार श्रम तथा रोजगारमन्त्री दीपक बोहराको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

भाष परीक्षाको आवेदन फर्म काठमाडौं उपत्यका र उपत्यकाबाहिर पाँच ठाउँबाट वितरण गर्ने भएको छ। काठमाडौं उपत्यकाबाहिर जनकपुर, डडेल्धुरा, धरान जनकपुर र पोखराबाट आवेदन फर्म लिइने ईपीएस कोरियाा शाखाले जनाएको छ।

परीक्षा असार ४ र ५ गते पोखरा र काठमाडौंमा हुनेछ। एचआरडीले यस वर्ष छिटो परीक्षा गर्न लागेको हो। अघिल्लो वर्ष असोजमा परीक्षा हुँदै आएको थियो। भाषा परीक्षाको आवेदन ६० हजारभन्दा बढी वितरण हने अनुमान ईपीएस कोरिया शाखाको छ।

ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले कोरियाको मानव संशाधन विकास (एचआरडी)ले गरेको प्रस्तावबमोजिम निर्देशन समितिले भाषा परीक्षा मितिन अनुमोदन गरेको जानकारी दिए।