‘बालिका वधु’की अभिनेत्री प्रत्युषा बनर्जीले गरिन् आत्महत्या

एजेन्सी– भारतीय  अभिनेत्री प्रत्युषा बनर्जीले आत्महत्या गरेकी छिन्। भारतीय टेलिभिजनको चर्चित कार्यक्रम ‘बालिका वधु’की कलाकार २५ वर्षीया बनर्जीले शुक्रबार आफ्नै निवासमा आत्महत्या गरेकी हुन्।

बनर्जी घरैमा झुण्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। कलाकार प्रत्युषाको शरीरमा चोटको निशानासमेत देखिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

घरमा झुण्डिएको अवस्थामा फेला परेकी प्रत्युषालाई कोकिलावेन अम्वानी अस्पतालमा लगिएपनि चिकित्सकहरुले पुर्याए लगत्तै मृत घोषित गरेका थिए। भारतीय सन्चारमाध्यमका अनुसार शुक्रवार साँझ ४र५ बजेतिर आत्महत्या गरेको हुन सक्न उल्लेख गरेका छन्।

सन् १९९१ अगष्ट १० मा जमशेदपुरमा जन्मिएकी प्रत्युषाले ुबालिका वधुुका अलावा ुझलक दिखला जा ५ु, ुबिग बोस ७, ु इतना करो न मुझे प्यारु र ुकमेडी क्लासेसु मा पनि कलाकारको भूमिकामा खेलेकी थिइन्।

उनले कलर्स टेलिभिजनको चर्चित शो ुससुराल सिमर काु मा पनि काम गरेकी थिइन्।

प्रत्युषाको आत्महत्याको विषयलाई लिएर प्रहरीले उनका प्रेमी राहुलराज सिंहसँग सोधपुछ गरेको छ। एक दिन अगाडि प्रत्युषा र उनका प्रेमी राहुल सिंहबीच झगडा भएको उनका नजिकका साथीहरुले उल्लेख गरेका छन्।