भूकम्पपीडित सुकुम्वासी किसानको भूमिसम्बन्धी अध्ययन गर्न कार्यदल

चैत २१, काठमाडांै– विभिन्न दलआबद्ध किसान संघ संगठन सम्मिलत राष्टिय किसान सञ्जालको नेतृत्वमा भूकम्प प्रभावित जिल्लाका सुकुम्वासी किसानको वास्तविकता बुझन एक कार्यदल गठन गरिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भाृत संगठन नेपाल किसान संघका सभापति एव सञ्जालका सचिव भानु सिग्देलको संयोजकत्वमा विभिन्न किसानसँग सम्बघ संघ संगठन सहित नौ सदस्य भूमि सम्बिन्धी अध्यन गर्न कार्यदल गठन गरिएको हो ।

राष्टिय भूमि अधिकार मञ्च र राष्टिय किसान सञ्जालको छलफलबाट सात दिनभित्र प्रतिवेदन पेश गर्ने गरि कार्यदल गठन गरिएको कार्यदल संयोजक सिग्देलले जानकारी दिए । कार्यदलमा राष्टिय किसान महासंघका अध्यक्ष उद्धव अधिकारी,अखिल नेपाल किसान महासंघबाट परमेश पोखरेल, क्रान्तिकारीबाट नहेन्द्र खडका, भूमि अधिकार मञ्चबाट ल्याम बहादुर दर्जी, सरस्वती सुब्बा, भैरव रेग्मी, नेकपा संयुक्तबाट गणेश शाह, नेपाल कृषि पत्रकार प्रतिष्ठानबाट महासचिव गोविन्द प्रसाद शर्मा सदस्य रहेका छन् ।

नौ सदस्य कार्यदलले गुठी, विर्ता,बेनिसा, स्ववासी, ऐलानी, मोही र सुकुम्वासी भएको भूकम्पबाट प्रभावित १४ जिल्लामध्ये नमूनाका लागि रसुवा,नुवाकोट, सिन्धुपाल्चोक,ललितपुरमा स्थलगत अध्ययन गर्नेछ ।
बैशाख १२ र २९ गएको भूकम्पबाट प्रभावित जिल्लाहरुमा पुर्नस्थापना तथा पुर्नवास गर्ने सरकारले गठन गरेको पुर्ननिर्माण प्राधिकरणले विभिन्न निति ऐन बनाएर काम अधि बढाइरहेको बेला गुठी, विर्ता,बेनिसा, स्ववासी, ऐलानी, मोही र सुकुम्वासी भूकम्प प्रभावित किसानहरुलाई पुर्नवास र पुर्नस्थापना गर्न राष्टिय किसान सञ्जाल र राष्टि भूमि अधिकार मञ्च लगायत किसान सम्बध विभिन्न संघ संगठनको पहलमा यस्तो अभियान सुरु गरिएको हो ।
कार्यदलको स्थलगत अध्यन पछि गुठी, विर्ता, बेनिसा, स्ववासी, ऐलानी, मोही र सुकुम्वासी किसानहरुलाई पुर्नस्थापना तथा पुर्नवास गर्न प्रधानमन्त्रीदेखि पुर्ननिर्माण प्रधिकरणलाई दबाब दिइने संयोजक सिग्देलले जानकारी दिए ।