आफ्नै श्रीमानबाट मारिइन् सम्झना

चैत २१, बनेपा– पनौती नगरपालिका १३ स्थित पस्थलीकी २८ वर्षीया सम्झना थापाको हँसिया र बन्चरो प्रहार गरी हत्या उनकै श्रीमान् रामशरण थापाले हत्या गरेका छन् ।
गएराति गाउँमा सप्ताह चलिरहेको मौकामा उनले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।

ु घटनाको जानकारी आइतबार बिहानमात्रै प्रहरीलाई गाउँलेले दिएका थिए। सो घटनामा संलग्न थापा घरमा नै बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। उनका दुई छोरा छन्।

प्रहरीले घरायसी झगडाका कारण सो घटना भएको आशङ्का गर्दै अनुसन्धान जारी रहेको जनाएको छ।