प्रिमियर लिग फुटबलमा आर्सनलद्वारा वाटफोर्ड पराजित

एजेन्सी–इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले वाटफोर्डलाई पराजित गरेको छ। गएराति भएको खेलमा आर्सनलले वाटफोर्डमाथि ४–० को सानदार जित हात परेको हो।

आर्सनलले खेलको चौथो मिनेटमै एलेक्स सान्चेजको गोलबाट अग्रता लिएको थियो। यस्तै खेलको ३८ औँ मिनेटमा एलेक्स ओबीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे। पहिलो हाफमा २–० को अग्रता लिएको आर्सनलले दोस्रो हाफमा थप दुई गोल गर्यो।

खेलको ४८ औं मिनेटमा बेलरिनले गोल गरेपछि आर्सनललाई ३–० को अग्रता लिन सफल भयो। यस्तै खेलको ९० औँ मिनेटमा वाल्कोटले गोल  गरेपछि आर्सनल ४–० ले विजयी भयो।

जितपछि आर्सनल ३१ खेलबाट ५८ अंकका साथ लिग तालिकाको तेस्रो स्थानमा यथावत छ। लिगको शीर्ष स्थानमा रहेको लेष्टर सिटीको समान खेलबाट ६६ अंक छ भने दोस्रो स्थानको टोटनह्यामको ३२ खेलबाट ६२ अंक छ।